जित हात पारेपछी रियल ला लिगाको शिर्ष स्थानमा

करिम बेञ्जिमाले दुई गोल गरेपछि रियल मड्रिडले एथलेटिक बिल्बाओमाथि ३–१ को जित हात पारेको छ । जितसँगै स्पेनिस ला लिगाको अङ्कतालिकामा रियल शिर्ष स्थानमा उक्लेको छ । रौल गार्सियाले लगातार दुई पटक टोनी क्रूजलाई लडाएपछि खेलको सुरुवातमै गार्सिया रातो कार्ड पाएर बाहिरिए । क्रूजले पहिलो हाफको अतिरिक्त समयमा भिसियस जुनियरको पासलाई गोलमा परिणत गर्दै रियललाई १–० को अग्रता दिलाए । रियलको अग्रता लामो समय टिक्न सकेन । पहिलो प्रयासलाई थिबौट कौर्टोइजले असफल तुल्याएपछि ५१ औं मिनेटमा एन्डर कापाले गरेको प्रहार गोलमा परिणत भएपछि एथलेटिक बिल्बाओले बराबरी गर्यो ।

बेञ्जिमाले ७४ औं मिनेटमा कार्भालको सहयोगमा रियलका लागि गोल गर्दै खेल २–१ को स्थितिमा पुर्याए । दोस्रो हाफको अतिरिक्त समयमा बेञ्जिमाले मोड्रिकको प्रहारलाई गोलको दिशा दिदै रियल मड्रिडलाई ३–१ के जित सुनिश्चित गरे । रियलले जारी सिजनमा लगातार चौथो जित हात पारेको हो । रियल मड्रिड, रियल सोसिडाड र एटलेटिको मड्रिड २६ अङ्कसहित तालिकाको शिर्ष स्थानमा छन् । तीनै टोलीभन्दा नौ अङ्कले पछाडि परेको बार्सिलोनाले भने बुधबार रियल सोसिडाड विरुद्ध घरेलु मैदानमा खेल्नेछ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *