कोभिड १९ सङ्क्रमण उच्च,क्रिसमसका लागि एक परिवारले चार जनासम्म मात्र आफ्नो घरमा पाहुना बोलाउन पाउने

जर्मनमा कोभिड १९ सङ्क्रमण वृद्धि भएसँगै नियन्त्रणका लागि विद्यालय र गैर–आवश्यक व्यावसायमा कडा प्रतिबन्ध लगाएको छ ।

यो नियम जनवरी १० सम्म लागू हुनेछ । क्रिसमसका लागि केही लचकता देखाउँदै एक परिवारले चार जनासम्म आफ्नो घरमा पाहुना बोलाउन पाउने सुविधा दिएको छ ।

पछिल्लो २४ घण्टामा पाँच सय जनाको मृत्यु भएको छ भने १४ हजारभन्दा बढी नयाँ सङ्क्रमणको केसहरु थपिएको छ ।

क्रिसमस नजिकिएसँगै सम्भावित जोखिमलाई कम गर्न युरोपेली मुलुकहरुले कडा प्रतिबन्ध लगाएको छ । फ्रान्सले पनि सङ्क्रमणको दर न्यूनिकरण गर्नका लागि रातको समयमा कफ्र्यू लगाउँदै आएको छ ।

जर्मनले लगाएको प्रतिबन्धमा अति आवश्यक व्यवसाय र बैङ्कहरु मात्र खोल्न पाइने छ । रेस्टुरेन्ट, बार र मनोरन्जन केन्द्रहरु नोभेम्बर महिनादेखि बन्द गरिएको छ भने केही भागमा स्थानीय तहबाटै पूर्ण लकडाउन गरिएको छ ।

कोभिड १९ सङ्क्रमणकोे प्रभाव मूल्याङ्कन गरिरहेका जर्मनी रोबर्ट कोच इन्स्टिच्युटका प्रमुख लोथर वाइलरले भने, ‘महामारीको समयमा अहिलेको जस्तो गम्भीर परिस्थिति कहिले पनि आएको थिएन ।’ उनका अनुसार सङ्क्रमणको दर हालसम्मकै उच्च रहेको छ र यो सङ्ख्या प्रत्येक दिन बढ्दो छ । यही रुपमा सङ्क्रमण फैलिँदै गएमा नियन्त्रण गर्न कठिन हुने बताएका छन् ।

स्रोत : बीबीसी

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *