नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेश फिर्ता गर्न आग्रह गर्ने

काठमाडौं, १ पौष । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक आज बस्दैछ । नेकपाका अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने तय भएको बैठकमा आज सरकारले हिजो ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशबारे बहस हुने भएको छ ।

नेकपाभित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत स्थायी कमिटी सदस्यहरु अध्यादेशको विपक्षमा छन् । आज यसबारे समेत स्थायी कमिटीले निर्णय लिने भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने या नहुने टुंगो छैन । सरकारले अध्यादेश ल्याएर जारी भइसकेकोमा त्यसलाई फिर्ता गर्न नेकपाभित्रबाट माग भइरहेको छ । आजको बैठकले त्यसबारे निर्णय लिने बुझिएको छ । बहुमत सदस्य अध्यादेशको विपक्षमा भएकाले फिर्ता गर्न आग्रह गरिने बुझिएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *