संवैधानिक परिषदको बैठक सुरु, देउवा र सभामुख सापकोटा गएनन्

काठमाडौं, ३० मंसिर । संवैधानिक परिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

बैठकमा प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्टियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित् छन् । तर, सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने अनुपस्थित् छन् । अध्यक्षसहित तीनजना मात्रै उपस्थित भए पनि गणपूरक संख्या पुग्ने गरेर आजै सरकारले अध्यादेश ल्याएको थियो।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *