कोदोको खीर बनाएर बीबीसी मास्टर सेफको टप ४ मा पुग्न सफल नेपाली सेफ सन्तोष !

लण्डन । बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके २०२०’ को दोश्रो चरणको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै सन्तोष शाह टप ४ मा पुग्न सफल भएका छन् । मंगल बार राति फाइनल चरणको पहिलो समूहबाट उनी शीर्ष चारमा पुगेका हुन् । नेपाली सेफ साह मंगलबार राति ‘बीबीसी वान’ टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा विभिन्न प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष चारमा पुगेका हुन् ।

अन्तिम चारमा पुग्नका लागि उनले डिजर्टको रुपमा कोदोको खिर बनाएर निर्णयक सामु पस्किएका थिए। सँगै उनले यो प्रतिस्पर्धाबाट छनोट हुनका लागि आँपको कुल्फी र अमौरा बनाए । यो प्रतिस्पर्धाको हरेक चरणमा नेपाली खाना पस्किँदै आएका उनी यही प्रति स्पर्धामा सहभागी भएपछि नेपाल भित्र समेत चर्चित बनेका छन् ।

लण्डनको प्रख्यात सेफहरु सग प्रशिक्षणसँगै काम गरिसकेका सन्तोष मास्टर सेफ प्रोफेशनल यूके मार्फत नेपालका विभिन्न प्रकारका खानालाई विश्वभरका लाखौँ मानिसहरुलाई परिचित गराएर अन्तर्राष्ट्रिय रुपमा अघि बढाउने उनको लक्ष्य लिएका छन् । नेपाली खाना पस्किएरै म अहिलेसम्म अगाडि बढिरहेको उनले भने ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *