अनुसन्धानको खुलासा : सिन्धु घाटी सभ्यताका मानिस गाईको मासु धेरै खान्थे

चार हजार वर्ष पुरानो सिन्धु घाटी सभ्यताका मानिसको खानपान कस्तो थियो भन्नेबारे एक अध्ययनले खुलासा गरेको छ।

अनुसन्धानअनुसार सिन्धु घाटी सभ्यताका मानिसले मासु धेरै मन पराउँथे। गाउँ तथा सरहका खानपान लगभग उस्तै थियो। उनीहरू गाई, भैंसी, बाख्रा र सुँगुरका मासु खान्थे।

क्याम्ब्रिज विश्वविद्यालयकी अनुसन्धानकर्ता अक्षयेता सूर्यनारायणले आफ्नो अनुसन्धानमा सिन्धु घाटी सभ्यताका मानिसले कस्तो खानपान गरेका छन् भन्ने कुरा उल्लेख गरेकी हुन्।

अर्कियोजलिजकल साइन्स जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदन भन्छ : त्यतिबेला सहरभन्दा गाउँ धेरै थिए। सिन्धु घाँटी क्षेत्रमा प्राप्त माटाका भाँडा तथा खानपान शैलीमा यो अनुसन्धान आधारित छ। यसबाहेक त्यहाँका उब्जनीबारे पनि अध्ययन गरिएको छ।’

यसरी पत्ता लाग्यो मासु ज्यादै खान्थे भनेर

अनुसन्धान मुख्य रूपमा हरियाणास्थित सिन्धु घाटी सभ्यताको क्षेत्र राखिगढी (हिसार) मा गरिएको हो। यसबाहेक लोहारी राघो (हिसार), मसुदपुर (हिसार) र आलमगिरपुर (मरेठ, उत्तर प्रदेश) मा भेटिएका माटाका भाँडा संकलन गरियो।

यी भाँडाकुँडाको नमुना संकलन गरी अनुसन्धान गर्दा ती भाँडामा मासु पकाइने गरिएको तथ्य पत्ता लागेको हो।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *