शेरवहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बुधवार अपरान्ह बस्नेगरि बोलाए

सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपाभित्रै प्रचण्ड माधव नेपाल पक्षले आपत्ति जनाइरहेका बेला कांग्रेस सभापति शेरवहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन् ।

विहानको संवैधानिक परिषद् बैठकमा सहभागी हुन बालुवाटार पुगेको देउवा अध्यादेश जारी भएपछि साँझको बैठकमा भने बिरोध जनाउँदै सहभागी भएनन् ।

देउवाले अध्यादेश जारी भएपछिको अवस्थाबारे छलफल गर्न पदाधिकारी र पूर्व पदाधिकारी सहितको शीर्ष नेताको बैठक बुधवार अपरान्ह बस्नेगरि बोलाएको कांग्रेसले जनाएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *