नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले राष्ट्रिपति विद्या भण्डारीबाट जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानको मर्म र भावनाविपरीत भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा नेता कोइरालाले अध्यादेश अधिनायकवादको सिँढी भएको बताउँदै यो संविधानको मर्म र भावनाविपरीत भएको बताए ।
मङ्गगबार राष्ट्रपतिले मन्त्री परिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा एक बमोजिम यो अध्यादेश जारी गरेकी हुन् ।
संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ ले अब संवैधानिक परिषद्मा हाल कायम रहेका सदस्यहरूको बहुमतले निर्णय गर्नसक्ने व्यवस्था गरेको छ ।
‘संविधानको मर्म र भावनाविपरीत ल्याइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्तै खारेज गरियोस् । यो अध्यादेश हामीले भन्दै आएको अधिनायकवादको सिँढी हो,’ उनले लेखेका छन् ।