नेकपाका प्रमुख सचेतक देव गुरुङलाई हटाउने तयारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद थप बढ्न थालेको छ । संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपाका प्रमुख सचेतक देव गुरुङलाई हटाउने तयारी गरेका छन् ।

विभिन्न निकायको नियुक्तिका लागि संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका ओलीले एक दुईदिनभित्रै पार्टीका प्रमुख सचेतक गुरुङलाई हटाउने तयारी गरेका बालुवाटार स्रोतले जनाएको छ । ओलीले मंसिर २८ गते नै गुरुङलाई बोलाएर राजीनामा दिन आग्रह गरेका थिए । तर, गुरुङले पार्टी निर्णय नभएको भन्दै अस्वीकार गरेका थिए ।

गुरुङ पार्टीमा देखिएको विवादमा आफूविरुद्ध लागेको भन्दै ओलीले प्रमुख सचेतकबाट हटाउने तयारीमा पुगेका हुन् । यस विषयमा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर जानकारी गराइसकेका छन् । पार्टीभित्र परामर्श नगरेरै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका ओलीले गुरुङलाई हटाउने तयारी गरेका हुन् । यसले नेकपाको विवाद थप उत्कर्षमा पुग्ने देखिएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *