नेकपा वरिष्ठ नेता झलनाथ खनालले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर सरकारले मनपरी गरेको आरोप लगाएका छन्।
सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै नेकपा वरिष्ठ नेता खनालले अध्यादेश ल्याउनु आपत्तिजनक भएको समेत बताए।
‘पार्टीलाई केही पनि थाहा छैन। न पार्टीको सचिवालयलाई न स्थायी कमिटीलाई न केन्द्रीय कमिटी कसैलाई पनि थाहा छैन। यो गम्भीर आपत्तिजनक कदम हो,’ उनले भने, ‘यो बारेमा पार्टीले सोच्छ। पार्टीलाई कुनै पनि प्रकारको जानकारीबिना अध्यादेश ल्याउने कुरा भनेको सरकारको मनपरी हो।’
यसबारेमा पार्टीलेनै उचित निर्णय लिने उनले बताए।