चितवनस्थित धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको गौतम बुद्ध कपको उपाधि राप्ती टिमले जितेको छ।
मंगलबार भएको उपाधि भिडन्तमा राप्तीले टिम नारायणीलाई ९ रनले पराजित गर्दै उपाधि जितेको हो।
राप्तीले दिएको १४४ रनको लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन मात्र जोड्न सक्यो।
१९ ओभरमा नारायणीले आरिफ शेखलाई ४८ रन तथा कप्तान कराण केसीलाई १ रनमा गुमाएको थियो। दुवैलाई राप्तीका अभिनास बोहराले आउट गरे।
अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा नारायणीका किशोर महतो र सिद्धान लोहनी आउट भए।
नारायणीका लागि आरिफले सर्वाधिक ४८ रन जोड्दा रित गौतम र इशान पाण्डेले समान २७–२७ रन जोडे।
बलिङमा राप्तीका अभिनासले ३ विकेट लिँदा भुवन कार्कीले २ विकेट हात पारे। जितेन्द्र मुखिया र कमलसिंह ऐरीको नाममा १-१ विकेट रह्यो।
त्यसअघि पहिले ब्याटिङ गरेको राप्तीले २० ओभरमा ८ विकेटको क्षतिमा १४३ रन जोड्यो।