पदोन्‍नति भएका कर्णेलले पार्टी दिएर आफ्नै साथीकी श्रीमतीमाथि बलात्कार गरे

भारतीय सेनाका एक कर्णेलले पदोन्नति भएपछि पार्टी आयोजना गर्दै आफ्नै साथीकी पत्नीलाई बलात्कार गरेका छन्। श्रीमतीसहित पार्टीमा आएका साथीलाई निजले नशालु औषधि खुवाई बेहोस पारेका थिए। त्यसपछि साथीकी पत्नीमाथि बलात्कार गरेका थिए। पीडित महिला रसियन रहेकी खुलेको छ।

आफूमाथि बलात्कार गर्न खोजेपछि ती महिलाले विरोध गर्दा कर्णेलले कुटपिटसमेत गरेका छन्। यो घटना आइतबार उत्तर प्रदेशको कानपुरमा भएको हो। पीडित महिलासहित उनका पति र एक स्थानीयले सेनाका ती कर्णेलविरुद्ध स्थानीय प्रहरी कार्यालयमा उजुरी दिएका छन्। सेनाले ती सैनिक अधिकारीलाई हिरासतमा लिएको जनाएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *