नयाँ डिजाइनमा आउँदै छ रोयल इन्फिल्डका २ मोटरसाइकल

रोयल इन्फिल्डले दुइटा नयाँ मोटरसाइकललाई नयाँ डिजाइनमा ल्याउने भएको छ। कम्पनीले रोयल इन्फिल्ड इन्टरसेप्टर ६५० र कन्टिनेन्टल जिटी ६५० नयाँ अवतारमा ल्याउन लागेको हो।
यी दुवै मोटरसाइकलमा अलोय ह्विल हुने भारतीय सञ्चार माध्यम नवभारत टाइम्सले जनाएको छ।

सार्वजनिक भएको एक डकुमेन्टका अनुसार कम्पनीले दुवै मोटरसाइकलको अलोय ह्विल परीक्षण गरिरहेको छ। कम्पनीले यी मोटरसाइकल २०२१ फेब्रुअरीसम्म सार्वजनिक गर्ने आकलन छ।
यी दुवै मोटरसाइकलमा बिएस ६ कम्प्लायन्ट टेक्नोलोजीको ६४८ एयर कुल्ड इन्जिन हुनेछ। यो इन्जिनले ७१५० आरपिएममा ४६.८ बिपिएच पावर र ५२५० आरपिएममा ५२ एनएम टर्क जेनेरेट गर्छ। यसमा ६ स्पिड गियरबक्स भएको नवभारत टाइम्सले जनाएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *