कांग्रेसको किल्ला भत्काएर सामान्य कार्यकर्ता समेत नरहनेगरी सबै नेकपामा प्रवेश

गुल्मी। गुल्मीको एउटा गाउँमा नेपाली कांग्रेस निल भएको छ । पार्टी केन्द्रमा नेतृत्वको विवाद चलिरहेको समयमा गुल्मीमा भने नेकपाका नेता संगठन बलियो बनाउने अभियानमा जुटेका छन । आइतबार गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ नै निल हुने गरी कांग्रेसका नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन ।

नेकपा लुम्बिनी प्रदेश कमिटीका सदस्य बुद्धि जिसीका अनुसार आइतबार कांग्रेसको किल्ला भत्काएर एउटा वडामा सामान्य कार्यकर्ता समेत नरहनेगरी सबै नेकपामा प्रवेश गरेका छन । जिसीका अनुसार गाउँपालिकाको वडा नम्बर ७ मा रहेका तरूणदलका सभापति गोपाल भण्डारी, उपसभापति विष्णु भण्डारी, तरूण दलका क्षेत्रीय कोषाध्यक्ष टीकाराम भण्डारी लगायत १५० भन्दा बढी रहेका छन ।

कार्यक्रममा सो वडाबाट युरोप, अमेरिका, जापान लगायत स्थानमा पुगेका नेपाली कांग्रेसका नेताहरू फेसबुक लाइभ मार्फत नेकपामा प्रवेश गरे । खानदानी कांग्रेसको रूपमा कहलिएका भण्डारीहरूको पाँच परिवार नै सबै नेकपामा प्रवेश गर्दा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल लागयतका नेताहरूले स्वागत गरे ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *