प्रचण्डको निर्देशनमा सभामुख सापकोटा संबैधानिक परिषद् बैठकमा नजाने

काठमाडौं । नेकपा विवादको असर संवैधानिक परिषदमा समेत पर्ने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको संवैधानिक परिषद बैठकमा सभामुख अग्नि सापकोटा सहभागी हुने छैनन् ।

पर्याप्त गृहकार्य र छलफल नभएको तथा तयारी नपुगेको भन्दै सभामुख सापकोटाले हिजै फोनमार्फत आफू बैठकमा आउन असमर्थ रहेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए । पार्टीमा छलफल नगरि एकलौटी संवैधानिक अंगहरुमा प्रधानमन्त्री ओलीले नियुक्ति सिफारिस गर्न लागेको भन्दै अर्का अध्यक्ष प्रचण्ड असन्तुष्ट छन् ।

प्रचण्डको सुझाव मानेर सभामुख परिषद बैठकमा सहभागी नहुने नेकपा स्रोतले जनाएको छ । बैठक विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।प्रचण्डको निर्देशनमा सभामुख सापकोटा संबैधानिक परिषद् बैठकमा नजाने

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *