सामानहरु बनाउन र परिक्षण गर्न ईच्छा भए सम्पर्क गर्न महावीर पुनको अनुरोध

सूचना र सुबर्ण मौका —- यदि कसैलाई निम्न अनुसारको सामानहरु बनाउन र परिक्षण गर्न ईच्छा, शीप र जाँगर छ भने सम्पर्क गर्नु होस् | शीप भएको मिस्त्री, ज्यामी, किसान, बिद्यार्थी, जागिरदार जो सुकैले पनि यी चिजहरु बनाउन सक्नेछन | यसको लागि ईन्जिनियर नै हुनु पर्छ भन्ने छैन | यहाँ केहि सामानहरुको मात्र नाम दिएको छु | सम्पर्क – ९८४१५९२३६१ हो |

१. पुरानो कपडालाई धुजा धुजा पारेर काट्ने मशीन
२. अलैंचीको झुप्पा बाट दाना छुट्याउने मशीन
३. च्याउ खेतीको लागी Humidifier मशीन
४. मोटर बाट संचालित डुंगा
५. पराल बाट कागजको प्लेटहरु बनाउने मशीन
६. अलैंचीको बारीमा मुसा धपाउने मशीन
७. जनै र पुजाको लागी चाहिने बाती बनाउने मशीन
८. साबुन बनाउने मशीन
९. गोबर बाट मल बनाउने मशीन
१०. कृषकहरुको लागी चाहिने विभिन्न औजारहरु

यस्ता धेरै धेरै किसिमका अनुरोधहरु आईरहेका छन् | यी चिजहरु बनाउन आँट भएकाहरुलाई राष्ट्रिय आविष्कार केन्द्रले सामानहरु दिन्छ र औजारहरु उपलब्ध गराउँछ | यदि सो काम सफल भयो भने त्यसको व्यवसायीकरण गर्न लगानीकर्ताहरु संग पनि सम्पर्क गर्न सहयोग गर्ने छ | कुरा बुझ्नु भो ??

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *