काठमाण्डौमा पार्किङ गरेका मोटरसाइकल चोरी हुने क्रम बढ्दो

काठमाण्डौका सार्वजनिक ठाउँ र एकान्तमा पार्किङ गरेका मोटरसाइकल चोरी हुने क्रम बढेको भन्दै सजग हुने ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

सकभर एकान्तमा मोटरसाइकल पार्किङ नगर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सचेत पनि गराएको छ । यस्तै मोटरसाइकल चोरीबाट बच्नका लागि अतिरिक्त लकको प्रयोग गर्न, आलरामलगायतका उपकरण जडान गर्न र घर, कम्पाउण्डमा पार्किङ्ग गरेको भनेर ढुक्क नहुन पनि ट्राफिक महाशाखाले अनुरोध गरेको छ ।

यसैबीच गएको वर्षको पुसमा नैकापबाट मोटरसाइकल चोर्ने सिन्धुलीका अम्बर तामाङ, प्रकाश तामाङ र सिन्धुपाल्चोकका सुरेश तामाङलाई हराएको मोटरसाइकलसहित पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *