विश्वभरिनै सोमबार साँझ जिमेल, गुगल ड्राइभ, गुगल शिट र युट्युबमा समस्या देखियको छ

विश्वभरि गुगलका एप, युट्युबलगायत एपमा समस्या आएको छ।

सोमबार साँझ जिमेल, गुगल ड्राइभ, गुगल शिट र युट्युबमा समस्या आएको डेलीमेलले जनाएको छ।

वेबसाइटमा समस्या आउँदा ट्रयाक गर्ने वेबसाइट डाउनडिटेक्टरमा हजारौं मानिसहरूले समस्या आएको जानकारी गराएका थिए।

विशेषगरी युरोप, अस्ट्रेलिया, अमेरिका, अफ्रिका, दक्षिण अफ्रिका, एसियाका राष्ट्रमा यो समस्या देखिएको छ। यो समस्या नेपालमा पनि देखिएको छ।

डाउनडिटेक्टरमा युट्युब डाउन भएकोबारे साँझ सम्म १ लाख २७ हजार बढीले रिपोर्ट गरेका छन्।

त्यस्तै, ३१ हजार जिमेल र गुगलको मुख्य वेबसाइटबारे २१ हजार बढी रिपोर्ट गरेका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *