भ्रष्टाचारको प्रमाण भेटिए पद त्याग गर्ने बिना मगरको घोषणा

काठमाडौं- खानेपानी मन्त्री बिना मगरले आफूले भ्रष्टाचार नगर्ने प्रतिज्ञा गरेकी छन । उनले सामाजिक संजालमा लेख्दै आफूले भ्रष्टाचार नगर्ने र गरेको प्रमाण भेटीए पद त्याग गर्ने घोषणा गरेकी छन । मन्त्री मगरले आफ्नो मन्त्रालय (खानेपानी मन्त्रालय) मा एक रुपैयाँ पनि भ्रष्टाचार भएको प्रमाण भेटिए आफूले पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले भ्रष्टाचार नगर्ने प्रतिज्ञा गरेकी हुन्। उनले देशलाई समृद्ध बनाएरै छाड्ने घोषणा पनि गरेकी छन् । उनले सामाजिल संजालमा लेखेकी छन् , ‘आज म प्रतिज्ञा गर्छु- खानेपानी मन्त्रालयमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस्, म राजीनामा दिन्छु। देश समृद्ध बनाएरै छाड्छौं,’ मन्त्री मगरले भनेकी छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *