मिक्लाजुङमा संयुक्त सुरक्षा बेस क्याम्प स्थापनाको तयारी

विद्रोही समूह विप्लवका कार्यकर्ताको बढ्दो चहलपहलसँगै मोरङको मिक्लाजुङ गाउँपालिका १ रमितेखोलामा संयुक्त सुरक्षा बेस क्याम्प स्थापनाको तयारी गरिएको छ । स्थानीयले लामो समयदेखि माग गर्दै आएको सुरक्षा बेस क्याम्प स्थापनाका लागि जिल्ला सुरक्षा समितिले बेश क्याम्प स्थापनाका लागि सिफारिस गरेको हो ।

विप्लव समूहले त्यहाँका एकजना शिक्षकको हत्या गरेपछि संयुक्त सुरक्षा टोलि त्यहाँ परिचालन गरिएको भएपनि बेश क्याम्प स्थापनाकै लागि सिफारिस गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिनुभयो ।
मिक्लाजुङमा तत्काल सुरक्षा आवश्यकता पुरा गर्न सुरक्षा उपस्थिति भने बाक्लो बनाइएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनु भएको छ । उहाँले आवश्यकता अनुसार चकेजाँचलाई कडाईपूर्वक अगाडी बढाइएको बताउनुभयो ।

विप्लवका कार्यकर्ताले मिक्लाजुङ १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको गत मंगलबार घाँटी रेटेर हत्या गरेका थिए । सरकारको कमजोर उपस्थिति रहेको क्षेत्रमा सुरक्षा बेस क्याम्प राखिनुपर्ने माग स्थानीयले गर्दै आएका थिए ।
मोरङको विकट पहाडी भूगोल भएकोले भूमिगत समूहले आधार क्षेत्रको रुपमा प्रयोग गर्दै आएका छन् । –Our Biratnagar

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *