अन्दाजी ८ कठ्ठा जग्गामा लगाइएको (४ हजार गाँजाको बोट) फडानी गरी नष्ट

प्रहरीले खेतबारीमा लगाएको अन्दाजी ८ कठ्ठा (४ हजार गाँजाको बोट) गाँजा फडानी गरी नष्ट गरेको छ । सिरहाको धनगदीमाई नगरपालिका–१४ गागन स्थितमा ईलाका प्रहरी कार्यालय विष्णपुरकट्टी सिरहाबाट खटिएको प्रहरी टोलीले गाँजाको बोटहरु फडानी गरी नष्ट गरेको हो ।

सोही स्थानको खेतबारीमा लगाएको अन्दाजी ८ कठ्ठा जग्गामा अन्दाजी ४००० हजार गाँजाको बोटहरु फडानी गरी स्थानीयहरुको रोहबरमा नष्ट गरिएको २ नंबर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि मकवानपुर प्रहरीले दुई सय बिस बिगाहा लागू औषध गाँजा खेती फडानी गरी नष्ट गरेको थियो ।

तस्बिर-२ नंबर प्रदेश प्रहरी कार्यालय

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *