१४ जनाको ज्यान जाने गरी भएको बम काण्डका आरोपित महताब आलम पुर्पक्षका लागि कारागार चलान

रौतहटकाे राजपुरमा २०६४ सालमा १४ जनाको ज्यान जाने गरी भएको बम काण्डका आरोपित महताब आलम पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

महताबलाई जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले थुनामा पठाउने आदेश गरेको हो । अदालतको आदेशपछि महताबलाई आइतबार जिल्ला कारागार गौर पठाइएको छ ।

संविधानसभा चुनावलाई लक्षित गरी साविक राजपुर फदरहवा गाविस ४ मा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा आलमलाई प्रहरीले पक्राउ गरेको थियो । आलम नेपाल–भारत सीमानामा पर्ने बोधिमाई नगरपालिका ७ बाट पक्राउ परेका थिए । महताब आलम पूर्वमन्त्री अफताव आलमका भाइ हुन् ।

२०६४ चैत २७ गते गोठघरमा तत्कालीन नेपाली कांग्रेसका उम्मेद्वार तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको योजनामा बम विष्फोट हुँदा १४ जनाको ज्यान गएको भन्दै प्रहरीले अफताब आलमलाई पक्राउ गरिसकेको छ ।

आलमले विष्फोटको घटना लुकाउने उद्देश्यले मृत्यु र घाइते भएकालाई ट्र्याक्टरमा राखेर इँटाभट्टामा जलाइएको स्वीकार गरिसकेका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *