देशव्यापी प्रदर्शनमा भौतिक दूरी कायम गर्न सभापति देउवाको अपिल

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसले भोलि सोमवार देखि देशभर गर्न लागेको सरकार विरोधी प्रदर्शनमा भौतिक दूरि राख्दै उपस्थित हुन कांग्रेसले अपिल गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गर्दै देशभर उत्साह र एकताको साथ भौतिक दूरी कायम गर्दै सहभागिताका लागि अपिल गर्नुभएको हो ।

देशब्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दुरि राख्दै शान्तिपूर्ण सहभागीताका लागि अपील सभापति देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारका प्रवृतीका कारण जनताहरुमा वितृष्णा पलाएको र त्यसको विरोधमा कांग्रेसले गर्न लागिएको कांग्रेसले जनाएको छ ।

प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउंदै आएको, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको साथै अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै आएको कांग्रेसका आरोप रहेको छ ।

त्यस्तै जनताको वितृष्णालाई सम्बोधन गर्न कांग्रेसले सडकदेखि सदनसम्म सरकारलाई दवाव दिन लागेको भोलिको आन्दोलन शुरुवात भएको समेत सभापति देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *