नेपालले खेल्ने महिला टी-२० विश्वकप क्रिकेटको एसिया छनोट मलेशियामा हुने भएको छ ।
नेपालसहित भुटान, चीन, कुवेत, हङकङ, म्यानमा, युनाइटेड अरब इमिरेट्स (यूएई) र मलेसिया सहभागी हुने सो प्रतियोगिता सेप्टेम्बर २० देखि २६ तारिखसम्म सञ्चालन हुनेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२३ मा आयोजना हुने महिला टी–२० विश्वकप क्रिकेटका लागि खेल तालिका सार्वजनिक गरेको हो ।
महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिता सन् २०२३ को फेब्रुअरी ९ देखि २६ तारिखसम्म दक्षिण अफ्रिकामा हुनेछ ।
पाँच महादेशको क्षेत्रीय छनोट सन् २०२१ को अगष्टदेखि सुरु हुने आइसिसीले जनाएको छ ।
छनोटमा पाँच महादेशका ३७ देश सहभागी हुनेछन् । छनोट प्रतियोगिता पाँचवटै महादेशमा गराइने एसीसीले जारी गरेको सूचनामा उल्लेख छ ।