फुटबलको सर्वोच्च संस्था फिफाले वर्ष खेलाडीका लागि अन्तिम तीनमा मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको छ । वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको द बेस्ट अवार्डका लागि तीन शीर्ष उम्मेदवारको नाम सार्वजनिक गरेको हाे ।
पुरुष खेलाडीको अवार्डका लागि लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र रोबर्ट लेवान्डोस्कीको नाम अन्तिम तीनमा अटाएको छ ।
मेस्सी क्लब फुटबलमा गरेको प्रदर्शनका आधारमा अन्तिम तीनमा छनोट भएका हुन । रोनाल्डोले युभेन्टसलाई इटालियन लिगको उपाधि जिताएका थिए । लेवान्डोस्कीले बायर्नका सफल खेलाडी हुन ।
महिलातर्फ खेलाडीमा इंग्ल्यान्डकी लुसी ब्रोन्ज, डेनमार्ककी पेर्निल हार्डर र फ्रान्सकी वेन्डी रेनार्ड शीर्ष तीनमा परेका छन् ।
पुरुषतर्फ प्रशिक्षकमा लिड्स युनाइटेडका मार्सेलो बिएल्सा, बायर्नका हान्स फ्लिक र लिभरपुलका योर्गेन क्लोप रहेका छन् ।
महिलातर्फ प्रशिक्षकमा चेल्सीकी एम्मा हेअस, लियोनका जेन भासेर र नेदरल्यान्डकी सारिना विग्मन मनोनयनमा छन् ।
गोलरक्षकको उपाधिका लागि लिभरपुलका एलिसन बेकर, एटलेटिको म्याड्रिडका जान ओब्लाक र बायर्नका कप्तान म्यानुएल नोएर छन् ।
महिला गोलरक्षकका लागि लियोनकी सरह बौहादी, पिएसजीकी क्रिस्टियन एण्डलर र अमेरिकी अलिसा नेहर छन् ।
फिफाले उत्कृष्ट गोलका लागि प्रदान गर्ने पुस्कास अवार्डका लागि टोटेनहमका सन ह्युङ मिन, हाल एटलेटिको म्याड्रिडमा खेलिरहेका लुइस सुआरेज र फ्लामेंगोका जर्जिआन्दे अरस्केता अन्तिम तीनमा छनोट भएको छ । डिसेम्बर १७ मा विजे घोषणा हुनेछन् ।