स्पेसएक्सको रकेट परीक्षण उडान अवतरणको क्रममा विष्फोट

आगामी ६ वर्षमा मानिसलाई मंगल ग्रह लैजान सक्ने क्षमता भएको भनिएको स्पेसएक्सको रकेट परीक्षण उडान अवतरणको क्रममा विष्फोट भएको छ । यसको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । यो पछिल्लो प्रोटोटाइप रकेटका तीन इन्जिन थिए । यो रकेट अमेरिकाको टेक्ससबाट बेलुकीको समयमा उडेको थियो । १३ किलोमिटर अगाडि गएपछि यो रकेट पृथ्वीतर्फ फर्किन थाल्यो र यस क्रममा यो रकेट पड्किएर आगोको गोलामा परिणत भयो ।

यो स्टारशिप रकेटलाई एलन मस्कको कम्पनी स्पेसएक्सले तयार गरिरहेको छ । यो रकेटको उद्देश्य मानिसलाई चन्द्रमा र मंगल ग्रह लैजाने हो । यसका अलावा १०० टन कार्गो सामान पनि यही रहेटबाट चन्द्रमा र मंगल ग्रहमा लैजाने तयारी छ । यो विष्फोटपछि पनि एलन मस्क भने निकै आत्मविश्वासी देखिएका छन् । उनले एक बयानमा स्पेसएक्सले यो उडानबाट जति डाटा जम्मा गर्नुपर्ने थियो त्यो जम्मा गरिसकेको बताएका छन् । उनले विष्फोट भए पनि प्रयोग सफल भएको दावी गरे ।

नासाले स्पेसएक्सलाई स्टारशिप बनाउनको लागि १३५ मिलियन डलर अनुदान दिएको छ । यसका अलावा अमेजनका सीइओ जेफ बेजोसको स्पेस कम्पनी ब्लू ओरिजिन र डायनेटिक्स नामको कम्पनी पनि आगामी १ दशकभित्र चन्द्रमा र मंगल ग्रह सम्बन्धी गतिविधिका प्रयास गर्ने तयारीमा छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *