विश्वको सबैभन्दा चिसो स्कुल माइनस ५० डिग्री सेल्सियस सम्म पुग्छ

साइबेरियालाई विश्वकै सबैभन्दा चिसो ठाउँमध्ये एक मानिन्छ । यही क्षेत्रमा विश्वको सबैभन्दा चिसो स्कुल छ । यो क्षेत्रको तापक्रम करिब माइनस ५० डिग्री सेल्सियस हुन्छ । यति चिसोमा पनि यहाँ साना साना बालबालिका स्कुल पढ्न जान्छन् । यो स्कुल ११ वर्षभन्दा कम उमेरका बालबालिकाको लागि त्यतिबेला मात्र बन्द हुन्छ जब यहाँको तापक्रम माइनस ५२ डिग्री सेल्सियसभन्दा तल झर्छ ।

ओएमयाकोन नामको शहरमा यो स्कुल छ । यहाँ हुलाक, बैंकजस्ता आधारभूत सुविधा पनि छन् । यो निकै दुर्गम र चुनौतीपूर्ण शहरमा पनि कोरोनाभाइरसको खतरा कायमै छ । अहिले यहाँ स्कुल आउने बालबालिका र उनीहरुको साथमा आउने अभिभावकको तापक्रम जाँच गर्नु जरुरी छ । यो स्कुल १९३२ मा स्टालिनको शासिनकालमा बनाइएको थियो ।

द साइबेरियन टाइम्सका अनुसार यो स्कुलमा खारा तुमुल र बेरेग युर्डे गाउँका बालबालिका पढ्न आउँछन् । यहाँका स्थानीय पत्रकारले साइबेरियन टाइम्ससँग कुराकानीको क्रममा भने ‘मैले ८ डिसेम्बरमा बिहार ९ बजेतिर शुट गरिरहेको थिएँ र यहाँको तापक्रम माइनस ५१ डिग्री सेल्सियस थियो । मैले पञ्जा लगाइरहेको थिएँ तर पञ्जा सजिलो थिएन । सजिलो नभए पनि मैले लगातार पञ्जा लगाउनु जरुरी थियो किनकि मैले यसो नगरे चिसोले मेरा औंला जम्न सक्थे । यसैबाट तपाइँ अनुमान गर्न सक्नुहुन्छ कि यहाँका बालबालिकाले कति चुनौतीको सामना गरिरहेका छन् ।’ उनका अनुसार यहाँका बालबालिकाहरु स्कुल जाने क्रममा कहिले आफ्नो कुकुरसँग र कहिले आफ्ना अभिभावकसँग हुन्छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *