गौतम बुद्ध कपः पहिलो खेलनै सुपर ओवर

चितवनमा जारी गौतम बुद्ध कप टी२० क्रिकेटमा नारायणीले बाग्मतीलाई सुपर ओभरमा हराएको छ । रामपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा सुपर ओभरमा करण केसीको विस्फोटक ब्याटिङमा नारायणी विजयी भएको हो ।

जितका लागि १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १७ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । सुपरओभरमा सुरुआती ब्याटिङ गरेको नारायणीले २५ रनको लक्ष्य पेश गरेको थियो । नारायणीका लागि करण केसीले ४ छक्का प्रहार गरे । उनले सुरुआती तीनबलमा छक्का प्रहार गरे । त्यसपछि अन्तिम बलमा पनि करणले छक्का प्रहार गरे ।

टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रनको योगफल तयार गरेको थियो । त्यसका लागि ओपनर सुनील धमलाले ३७ रन जोडे । यस्तै विक्रम सोबले ३७ तथा रशिद खानले बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । नारायणीका साहाब आलमले ३ तथा दिपेश श्रेष्ठले २ विकेट लिए । यस्तै करण केसी, सुशान भारी र किशोर महतोले १/१ विकेट लिए ।

जवाफमा नारायणीले पनि निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय १७ रनमै रोकियो । नारायणीका लागि आरिफ शेखले ४४ रनको योगदान दिए । कप्तान सुवासले ११, इशान पान्डेले १३ र शिद्धान्त लोहनीले २० रन बनाए भने अन्यले दोहोरो अंकको रन छुन सकेनन् ।

बलिङमा सोमपाल कामीले २ विकेट लिए । सागर ढकाल, पवन सर्राफ, विक्रम शोव र ललित नारायण राजवंशीले एक एक विकेट लिए ।

दोस्रो खेलमा बागमतीले राप्तीसँग आइतबार खेल्ने छ । नारायणीले सोमबार राप्तीसँग दोस्रो खेल खेल्ने छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *