पूर्व संविधानसभा सदस्य तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य कौसल शाहसहित १०९ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्।
शनिवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई नेकपा प्रवेश गराएका हुन्।
पार्टी प्रवेश गराउदै प्रचण्डले क्षमता अनुसार जिम्मेवारी दिने र देशलाई क्रान्तिकारी नेतृत्व गर्ने स्थानमा आएको भन्दै भव्य स्वागत गरे।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता कौशल साहले काङ्ग्रेस नेतृत्व मन्दबुद्धी भएकै कारण काङ्ग्रेस त्याग गरेको जनाइन्।
नेपाली काङ्ग्रेसको नेतृत्व असक्षम भएकै कारण पार्टी र देश चल्न नसक्ने भन्दै आफू नेकपामा प्रवेश गरेको जनाइन्।
पूर्व संविधानसभा सदस्य समेत रहेकी साहसहित काङ्ग्रेस परित्याग गरेर १०९ जना नेकपा प्रवेश गरेका हुन्।