त्रिविको अत्यन्त जरुरी सुचना,२८ गतेदेखि सञ्चालन हुने परीक्षालाई लक्षित्

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु द्वारा २०७७ साल मंसिर २८ गतेदेखि सञ्चालन हुने स्नातक तह वि.वि.एस, बि.एड र बि.एस्सी चौथो वर्षका परीक्षार्थीहरूको काठमाडौँ लगायत सम्पूर्ण स्थानका परीक्षा केन्द्रहरु प्रकाशित गरिएको छ ।

यस वर्षको कोभिड–१९ प्रकोपका कारण सम्पूर्ण परीक्षार्थीहरुलाई पायक पर्ने स्थानमा परीक्षा दिन सहज होस् भन्ने उद्देश्यले परीक्षा केन्द्रहरु को संख्या थप गरिनुका साथै केन्द्र परिवर्तन गर्नु अनुमति पनि दिएको छ ।

परीक्षा नियन्त्रक कार्यालयको स्वीकृतिमा परीक्षार्थीले परीक्षा केन्द्र परिवर्तन गरी आफुलाई पायक पर्ने स्थानबाट परीक्षा दिने व्यवस्थाको लागि सम्बन्धित विद्यार्थीको Triplicate सोही परीक्षा केन्द्रमा पठाइएको ले उक्त परीक्षार्थीको उत्तरपुस्तिका छुट्टै खाममा बन्द गरी यस कार्यालयमा पठाउन सम्बन्धित सबै केन्द्राध्यक्षलाई अनुरोध गरिएको छ ।

साथै परीक्षार्थीहरुले परीक्षा नियन्त्रण कार्यालयको स्विकृतिबाहेक अन्यत्र परीक्षा दिन पाइने छैन तर स्वीकृति पाएको परीक्षार्थीले आफ्नै क्याम्पस केन्द्रबाट परीक्षा दिन चाहेमा परीक्षा दिन पाउने छन् । साथै सम्पूर्ण परीक्षा एउटै परीक्षाकेन्द्रबाट दिनु पर्नेछ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *