• मेनु
  • प्रदेश शंस्करण
  • समाचार सार
  • समाचार सार
आज: २०८० जेष्ठ १७, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (29)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    ८ महिना अघि

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    ८ महिना अघि

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    ८ महिना अघि

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    ८ महिना अघि

    कांग्रेसलाई एमालेको प्रस्ताव – सिंगल सिंगल भिडौं, गठबन्धन टुटे पनि माओवादी बोक्दैनौं

    ८ महिना अघि

    समानुपातिकमा २० लाख भोट ल्याउँछौंः नेपाल

    ८ महिना अघि

    बालेन जस्ता केहि यूवाहरु देशमा भए कुनै नेताको आवश्यक पर्दैन ; पुर्व राजा शाह (सहि / गलत )

    ८ महिना अघि

    अदालतले दिएन सन्दीप लामिछानेलाई पक्राउ गर्ने अनुमति

    ८ महिना अघि

    ओलीको प्रश्न : प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?

    ८ महिना अघि

    औपचारिकतामै सीमित कांग्रेस अभियान

    ८ महिना अघि
  • समाचार सार
आज: २०८० जेष्ठ १७, बुधबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

सूर्यबाट उछिट्टियो आगोको विशालकाय लप्का

होमपेज / समाचार
  • ४७५ पटक पढिएको


  • २०७७ मंसिर २७, शनिबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • पृथ्वीमा जीवनका प्रमुख स्रोतहरुमध्येका पनि प्रमुख सूर्य हो । सूर्य नहुँदो हो र हाम्रो पृथ्वी सूर्यबाट ठिक्कको दुरी (वसोबासयोग्य क्षेत्र)मा अवस्थित नहुँदो हो त पृथ्वीमा जीवन सम्भव नै थिएन । औसत रुपमा किलोमिटर टाढा रहेको सूर्यलाई पृथ्वीबाट हेर्दा शान्त र सौम्य देखिन्छ । तर वास्तवमै सूर्य कहिल्यै शान्त रहेको हुँदैन ।

    आगोको विशालकाय भट्टीको रुपमा तुलना गर्न सकिने सूर्यमा भयानक उथलपुथल, आँधीव्यहोरी र बबण्डर मच्चिइरहेका हुन्छन् । त्यसक्रममा सूर्यबाट आगोका लप्काहरु निस्किएर लाखौं–करोडौं किलोमिटर परसम्म उछिट्टिइरहेका हुन्छन् । सूर्यको सतहबाट उछिट्टिएर लाखौं किलोमिटर परसम्म आगोको लप्का जाने प्रक्रियालाई कोरोनल मास इजेक्सन भनिन्छ ।

    बुझ्ने भाषामा भन्ने हो भने, यो कोरोनल मास इजेक्सन भनेको सूर्यबाट प्रहार भएको एटम बम जस्तै हो, जसले आफ्नो बाटोमा पर्ने कुनै पनि वस्तुलाई जलाएर खाक बनाइदिन सक्छ, निमेषभरमै ध्वस्त तुल्याइदिन सक्छ । त्यसो त हरदम र निरन्तर, वर्षेनी पृथ्वीमा पनि त्यस्तो प्रहार भइरहेको हुन्छ । सौभाग्यवश, हाम्रो ग्रहको चुम्बकीय क्षेत्रले हामीलाई त्यस्तो प्रहारबाट बचाइरहेको हुन्छ ।

    कुनै पनि कारणले पृथ्वीको चुम्बकीय क्षेत्र केही बेरको लागि मात्रै निस्क्रिय हुने हो भने सूर्यबाट आउने त्यस्तो कोरोनल मास इजेक्सनको प्रभावले हाम्रो वायुमण्डल ध्वस्त वा गायब हुन बेर छैन । कतिसम्म विश्वास गरिन्छ भने कुनैबेला मंगलग्रहमा पनि वाक्लो वायुमण्डल रहेको हुनुपर्छ र त्यस ग्रहको चुम्बकीय क्षेत्रमा आएको गडबडीकै कारण त्यहाँको वायुमण्डल ध्वस्त भएको हुनुपर्छ ।

    सूर्यमा त्यस्ता उथलपुथल नियमित रुपमा भइरहे पनि कहिलेकाहीँ त्यो अत्यन्तै तीब्र हुने गर्छ । वैज्ञानिकहरुका अनुसार, आजभोलि सूर्यमा त्यस्तो प्रक्रिया चलिरहेको छ । गत १० दिनअघि मात्रै सूर्यबाट आगोका एउटा अत्यन्तै विशाल लप्का उछिट्टिएर सूर्यमण्डलतिर फैलिएको छ ।

    त्यसैको प्रभाव, आजभोलि पृथ्वीका विभिन्न भागका आकाशमा रंगीचंगी, अद्भूत सौन्दर्यमय दृश्य देखापर्ने सम्भावना पैदा भएको छ । त्यसलाई वैज्ञानिक भाषामा नर्दन लाइट्स भनिन्छ ।

    खासमा, कोरोनल मास इजेक्सनको बेलामा सूर्यबाट उछिट्टिएर आएका कणहरु र त्यहाँबाट निस्किएको चुम्बकीय फिल्ड हाम्रो वायुमण्डलमा प्रवेश गरेर कैद भएपछि वायुमण्डलमा रहेको अक्सिजन र नाइट्रोजनसँग प्रतिक्रिया भई त्यसले प्रकाशका फोटोनहरु पैदा गरिदिन्छ । ती फोटोनहरुका कारण वायुमण्डलमा प्रकाशका रंगीचंगी अद्भूत सौन्दर्यमय दृश्यहरु देखापर्छन् ।

    सामान्यतः त्यस्ता दृश्यको रंग उज्यालो हरियो हुने गर्छ । तर संयोग जुर्यो भने रातोदेखि गुलाबीसम्म वा नीलोदेखि वैजनी रंगसम्मका अद्भूत दृश्य देखिने मौका पनि हात पर्न सक्छ । अस्ति केहीदिनदेखि शुरु भएको यो प्रक्रिया आज रातिसम्म देखापर्न सक्छ ।

    कोरोनल मास इजेक्सनले त्यस्तो अद्भूत सौन्दर्यमय दृश्य मात्रै पैदा गर्दैन, त्यसले पृथ्वीका सञ्चार प्रणालीमा समेत असर पुर्याउन सक्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् ।

    त्यसअनुसार, सूर्यबाट उछिट्टिएको उच्च चार्जसहितको त्यस्तो आगोका लप्काहरुका दुस्परिणामस्वरुप पृथ्वीको जिपिएस प्रणालीमा गडबड पैदा हुने, विद्युतीय ग्रीडमा असर पुग्ने, भुउपग्रहहरुको कार्यमा अस्थायी रुपमा गडबडी पैदा हुन सक्ने, पृथ्वीका सञ्चार प्रणालीमा समस्या पैदा हुन सक्नेछ ।

    त्यसो त डिसेम्बर महिनाका उल्लेख्य खगोलीय गतिविधि यो मात्रै होइन । यसै महिनाको २१ तारिख अर्थात् आजबाट ठीक २१ दिनपछि हाम्रो सौर्यमण्डलका दुई भीमकाय ग्रहहर वृहस्पति र शनि पृथ्वीबाट एकैलाइनमा दृश्यगोचर हुँदैछन् । यो भनेको विगत मध्ययुगीनकालपछि पहिलो पटक हुन गइरहेको अद्भूत तर नियमित खगोलीय संयोगको घटना हो

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    कांग्रेसलाई एमालेको प्रस्ताव – सिंगल सिंगल भिडौं, गठबन्धन टुटे पनि माओवादी बोक्दैनौं

    समानुपातिकमा २० लाख भोट ल्याउँछौंः नेपाल

    ताजा समाचार
    १.

    चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    ८ महिना अघि
    २.

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    ८ महिना अघि
    ३.

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    ८ महिना अघि
    ४.

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    ८ महिना अघि
    ५.

    कांग्रेसलाई एमालेको प्रस्ताव – सिंगल सिंगल भिडौं, गठबन्धन टुटे पनि माओवादी बोक्दैनौं

    ८ महिना अघि
    ६.

    समानुपातिकमा २० लाख भोट ल्याउँछौंः नेपाल

    ८ महिना अघि
    समाचार
    थप

    चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने
    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५
    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८
     

    Online Khabar News

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution