राजधानीको स्वयम्भुबाट प्रतिबन्धित गैंडाको खाग सहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । महानगरिय अपराध महाशाखा स्वयम्भुबाट खटिएको टोलीले काठमाण्डौ महानगरपालिका–१५ स्येवयम्भु किमडोलबाट पाँच जनालाई पक्राउ गरेको हो ।
>पक्राउ पर्नेमा काठमाण्डौ झोँछेका ४१ वर्षिय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ रहेका छन् भने नुवाकोट मेघाङ गाउँपालिका–६ का २६ वर्षीय रामसिंह तामाङ र २२ वर्षीय मुना तामाङ रहेका छन् ।
प्रतिबन्धित गैंडाको खाग विक्री गर्नको लागि कोठामा राखिएको विशेष सुचनाको आधारमा प्रहरीले छापा मार्दा उनिहरुलाई खाग सहित पक्राउ गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
उनिहरुमाथी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन–२०२९ अन्तर्गत आवश्यक अनुसन्धानको लागि जिल्ला बन कार्यालय हात्तिसार पठाइएको छ ।