। एसियन फुटबल फेडेरेसन (एएफसी)ले फिफा विश्वकप छनोट तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटको बाँकी खेलको खेल तालिका सार्वजनिक गरेको छ ।
शुक्रबार एएफसीले नेपालको घरेलु मैदानमा हुने खेलको मिति सार्वजनिक गरेको हो । समूह चरणको दोस्रो चरणका खेलमध्ये ३ खेल बाँकी छन् ।
नयाँ मिति अनुसार २०२१ को मार्चमा २५ मा चाइनिज ताइपेइसँग खेल्ने छ भने अस्ट्रेलियासँग ३० मार्चमा खेल्नेछ ।
नेपालले विश्वकपको छनोटको अन्तिम खेल भने जुन ७ मा जोर्डनसँग खेल्नेछ । यसअघि नेपालले खेलेका ५ खेलमा १ खेलमा जित हात पारेको थियो भने ४ खेलमा हार व्यहोरेको छ ।
विश्वकपका बाँकी खेल नेपालको घरेलु मैदानमा आयोजना हुनेछ । नोबेल कोरोना भाइरसका कारण पटक पटक छनोटका खेल सर्दै आएका थिए ।