• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ २५, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    ३ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    ३ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    ३ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    ३ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    ३ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ३ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    ३ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    ३ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    ३ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    ३ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ २५, बुधबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

दाङमा व्यावसायिकरुपमा बङ्गुरपालन ,राम्रो आम्दानी हुँदै

होमपेज / अर्थ खबर
  • ९३२ पटक पढिएको


  • २०७७ मंसिर २६, शुक्रबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • व्यावसायिक बङ्गुरपालनबाट पछिल्लो समयमा राम्रो आम्दानी हुँदै आएको छ।

    सस्तो र कम खर्चमा पनि आम्दानी गर्न सकिने भएपछि दाङमा व्यावसायिकरुपमा बङ्गुरपालन फस्टाएको छ।

    घोराही उपमहानगरपालिका–१० निवासी सीता चौधरीले आठ वर्षदेखि घोराही–१७ गैरागाउँमा व्यावसायिकरुपमा बङ्गुरपालन शुरु गर्नुभएको हो। पन्ध्र कट्ठा जग्गाको वार्षिक ५० हजार रुपैयाँका दरले भाडामा लिएर व्यवसाय शुरु गरेको दुई वर्षमा आम्दानी लिन शुरु गरेको उनी बताउँछन्।

    “पचास हजारको लगानीमा १२ वटा पाठापाठीबाट शुरु गरेको व्यवसायमा अहिले १७ वटा माउ, १०५ वटा पाठापाठी र दुई भाले छन्। एउटा माउले वर्षमा दुईपटक बच्चा दिन्छ र चार वर्षसम्म निरन्तर दिइरहन्छ । एक पटकमा १५ देखि १६ सम्म बच्चा दिन्छ। तीन महिना तीन हप्ता तीन दिनमा बङ्गुरले बच्चा दिने गरेको चौधरीले बताए।

    उनी भन्छन्, “२५ प्रतिशत जिल्ला बाहिर जान्छ भने अरु सबै जिल्लाभित्र बिक्री भइरहेको छ । पैतालीस दिनको पाठापाठी रु पाँच हजारका दरले बिक्री हुने गरेका छन्। खर्च कटाएर वार्षिक रु आठ लाख आम्दानी हुने गरेको छ।” घोराही बजारका १० होटलबाट दानाको व्यवस्था गरेको र दाना दिएबापत होटललाई मासिक रु एक हजार दिने गरेको सीता बताउँछन्।

    राप्ती गाउँपालिका–२ बराखुट्टीका हेमलाल सार्कीले पाँच वर्षदेखि बङ्गुरपालन व्यवसाय गर्दै आएका छन।

    पाँच वर्ष वैदेशिक रोजगारीमा गएको र त्यहाँ कमाएको पैसा जम्मा गरेर आफ्नै गाउँठाउँमा काम गर्न मन लाग्यो र “विदेशी भूमिमा काम गर्नुभन्दा थोरै भए पनि आफ्नै भूमिमा काम गर्नु उत्तम हुने देखेर यता लागेको हुँ । सानो, ठूलो नभनी आफ्नो लगानीमा गाउँघरमा काम गर्दा आनन्द लागेको छ”, सार्कीले भने।

    चार वटादेखि शुरु गरेको अहिले ठूला ३० वटा, ७० साना पाठापाठी र दुई वटा भाले छन्। दुई जना स्थानीयलाई रोजगारी दिएको उनले बताए।

    बच्चा उत्पादन गर्ने माउलाई छुट्टै खोरमा राखेको र उत्पादन भएका बच्चा घरबाटै बिक्री हुने गरेका छन्। बिक्री नभएका पाठापाठी ठूला भएपछि मासुका लागि बिक्री हुने गरेका छन्। ठूला बङ्गुर मासुका लागि प्रतिकिलो ३०० रुपैयाँका दरले बिक्री हुने गर्छन्।

    खर्च कटाएर वार्षिक १२ लाखभन्दा धेरै आम्दानी हुने गरेको छ। घोराही उपमहानगरपालिका पशु सेवा कार्यालय प्रमुख जीवराज पौडेलले घोराही क्षेत्रमा ३५ बङ्गुर फार्म दर्ता भएको बताए।

    ‘‘प्रदेश सरकारको यस वर्ष ‘बङ्गुर प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत पाँच वटा समूहका ५० जना कृषकलाई उन्नत जातका पाठापाठी उपलब्ध गराउने कार्यक्रम रहेको छ । दाङको हावापानी सुहाउँदो पाख्रीबास, लैडरस, डिउरो, योर्कसायर जातका बङ्गुर पालिएका छन् । बङ्गुरले छिटोछिटो बथानको सङ्ख्या बढाउने भएकाले छोटो समयमा राम्रो आम्दनी दिने भएकाले यसको व्यवसाय फस्टाएको हो।

    लमही नगरपालिका पशु सेवा कार्यालय प्रमुख शिवराज न्यौपानेले लमहीमा ३० वटा बङ्गुर फार्म दर्ता भएको बताए।

    बङ्गुरपालक किसानले वर्षमा १२ देखि १५ लाखसम्म आम्दानी गरेका छन् । एउटा बङ्गुरले वर्षमा कम्तीमा पनि रु ५० हजार आम्दानी दिने गरेका छन्।

    ‘प्रदेशको सरकारको ‘बङ्गुर मिसन कार्यक्रम’ अन्तर्गत लमही नगरपालिकाको वडा नं ३, ६, ८ मा प्रस्ताव आह्वान गरेका छौँ।

    गत वर्ष नश्ल सुधार कार्यक्रमअन्तर्गत खुमलटारबाट ल्याएर १० वटा (विर) भाले बङ्गुर वितरण गरेका थियौँ, यस वर्ष पनि त्यसलाई निरन्तरता दिने कार्यक्रम रहेको बताए।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    थुप्रियो चारैतिर फोहोर, कुरुप बन्दै काठमाडौं

    सप्तकोसीमा पानीको बहाव बढेपछि ३३ वटा ढोका खोलियो

    त्रिशूलीमाथि पप्पुको पुलः ८ वर्षमा ११ प्रतिशत काम

    शहीद तथा वेपत्ताका परिवारलाई मासिक भत्ता

    मुग्लिनमा राति पनि सवारी साधन सञ्चालन गर्न पाइने

    काउलीमा खानै नहुने विषादी

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    ३ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    ३ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    ३ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    ३ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    ३ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ३ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution