काठमाडौं : मृतक राजेन्द्र श्रेष्ठकी प’त्नी धनकुमारी श्रेष्ठलाई उद्धृत गर्दै एक स्थानीयले बताए अनुसार आइतबार साँझ साग टिपेर फर्कंदै गर्दा बारीबाट नचिनेका दुई जना भा’ग्दै थिए । को हो भन्दै उनीहरू तिर लाइट बाल्दा ‘निभा’ भनेर हकारे। घरदेखि अलि पर कात्तिके भन्ने ठाउँमा श्रेष्ठको बाख्राको खोर छ।
‘उहाँ (राजेन्द्र श्रेष्ठ)ले बिहान बाख्रालाई घाँसपात र पानी दिन जा, मचाहिँ घर मै बस्छु गाई ब्याउन लागेको छ भन्नुभयो’ धनकुमारीले भनिन्, ‘छिमेकीहरू आत्तिँदै बाख्रा खोरमै आएर तपाईंको पतिलाई कसैले अ’पह रण गरेर लगे भने। त्यसपछि सबै जना खोज्न थाल्यौं। खोज्दै जाँदा ब’न्दु क प’ड्केको आवाज आयो र त्यसतर्फ जाँदा श,व भेटियो।’ उनका अनुसार ह,त्याराहरूले एउटा खसी र एउटा बाख्रा मागेका थिए।
‘उनीहरूलाई श्रीमान्ले बाख्रा चाहिँ दिने भन्नुभएको थियो। खसी नदिँदा यस्तो घटना भयो,’ उनले भनिन्। श्रेष्ठ शिक्षक मात्रै थिएनन्, उनले समाजसेवीका रूपमा समेत आफूलाई स्थापित गरेका थिए। ‘रानो नै गएपछि यहाँको के हुन्छ रु अब विद्यालयको हालत के होला ? उहाँले जस्तो विद्यालय कसले सम्हाल्छ ?’ स्थानीय एक युवकले बताए। आजको नागरिक दैनिकमा समाचार छ ।