चार्ज गरिरहेको आइफोन बाथटबमा खस्दा गयो युबतिको ज्यान

चार्ज गरिरहेको आइफोन बाथटबमा खस्दा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । रसियाको अर्खान्जेल्स्कस्थित फ्ल्याटमा २४ वर्षीया ओलेस्या सेमेनोभाको मृत्यु भएको हो ।

डारिया नाम गरेकी उनकी फ्ल्याटमेटले ओलेस्यालाई देख्दा उनको जिउ पहेँलो भइसकेको, सास पनि नफेरेको र उनमा जीवनको कुनै संकेत देखिएको थिएन । इमर्जेन्सी अपरेटरलाई उनले बताएअनुसार ओलेस्यालाई छुँदा उनलाई पनि बिजुलीको झट्का लागेको थियो ।

उनले भनिन्, ’पानीमा स्मार्टफोन थियो र त्यो चार्ज भइरहेको थियो ।’ स्वास्थ्यकर्मीले ओलेस्याको मृत्यु नुहाउनेक्रममा करेन्ट लागेर भएको पुष्टि गरेका छन् । साथै, नुहाउने क्रममा उनको आइफोन बाथटबमा खसेको र फोनलाई चार्ज गरिएको अवस्थामा भेटिएको बताइएको छ । ओलेस्या एक कपडा पसलमा काम गर्थिन् ।

बिजुलीमा जोडिएका विद्युतीय उपकरण निकै घातक हुने पुनः स्मरण गराएको भन्दै रसियाका इमर्जेन्सी मिनिस्ट्रीले उक्त दुर्घटनापछि एक चेतावनी जारी गरेको छ ।

पानीमा मोबाइल खस्यो भने मोबाइल बिग्रन्छ । तर, कुनै नेटवर्कमा जोडिएको बेला स्थिति निकै भयंकर हुनसक्ने बताइएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *