जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि कर छलीको आरोप

अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि कर छलीको आरोपमा अनुसन्धान चलिरहेको बताइएको छ ।

हन्टर आफैँले पनि आफूमाथि अनुसन्धान भइरहेको बताएका थिए । कर छलीको आरुोप लागेका हन्टरले ट्रान्जिसन समूहमार्फत अनियमितता गरेको भन्दै उनीमाथि मुद्दा परेको हो । अमेरिकाको डेलावेयर राज्यमा उनीमाथि मुद्दा छ ।

तर हन्टरले यस विषयलाई गम्भीर रुपमा लिएको र करको विषयलाई कानुनी ढंगले व्यवस्थापन गरिरहेको प्रतिक्रिया दिए । साथै अनुसन्धानबाट आफू दोषी नठहरिनेमा ढुक्क रहेको हन्टरले बताए । हन्टरले आफूमाथि अनुसन्धान भइरहेको कुरा धेरै पछि अर्थात यही मंगलबार मात्रै थाहा भएको प्रतिक्रिया दिएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समेत हन्टरमाथि छानविन गर्नका लागि युक्रेनलाई दबाब दिने गरेका थिए । अन्यथा सैन्य सहयोग रोक्ने युक्रेनलाई ट्रम्पको चेतावनी थियो ।

नोभेम्बर ३ को अमेरिकी चुनाव जितेका बाइडेनले राष्ट्रपतिको पद सम्हाल्ने तयारी गरिरहँदा छोरामाथि अनुसन्धानको मुद्दा उठिरहेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *