स्थानीय सरकारका प्रतिनिधिबीच विवाह हुने भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष र मुस्ताङकी घरपजोङ गाउँपालिकाकी उपाध्यक्षबीच विवाह हुने भएको हो ।
अध्यक्ष कर्णबहादुर गुरुङ र उपाध्यक्ष शर्मिला गुरुङ शुक्रबार विवाह बन्धनमा बाँधिन लागेका हुन् । गाउँपालिकाका अध्यक्ष गुरुङका अनुसार भोली उनीहरुको विवाह हुने लागेको छ ।
उनले विवाह गुरुङ परम्परा अनुसार नै हुने जनाएका छन् । अध्यक्ष गुरुङले वैवाहिक कार्यक्रम भने पोखराको एक गुम्बामा हुने जानकारी दिएका छन् ।
उनले भने, ‘हाम्रो मागी विवाह नै हो । विवाह कार्यक्रमको प्रमुख अतिथि मुख्यमन्त्री ज्यूलाई बनाउने निर्णय भए अनुसार नै उहाँलाई निम्तो दिइसकेका छौँ ।’ कोरोना भाइरसको संक्रमणको जोखिम रहेकोले विवाहमा धेरैलाई निमन्त्रणा नगरिएको बताए ।