नेपाली क्रिकेटर सन्दिप लामिछाने बिग ब्यास लिगका लागि डिसेम्बर १५ मा अष्ट्रेलिया जानेछन ।
यो सिजनमा होबर्ट हुरिकेन्सबाट खेल्ने तयारीमा रहेका सन्दिप कतार एयरवेजबाट कतार हुँदै अष्ट्रेलिया जाने भएका छन ।
उनी नेपालबाट एडिलेडमा उत्रनेछन । त्यहाँ पुगेर उनी १४ दिनको क्वारेन्टिनमा बस्नेछन ।
त्यसमा उनको रिपोर्ट नेगेटिभ आएमा त्यसपछि टिमसँग जोडिनेछन ।
बिग ब्यास लिग आज (विहिबार) बाट सुरु हुँदैछ । तर सन्दिपले यो सिजनको बिग ब्यास लिगमा सुरुवाती ६ खेल गुमाउनेछन ।
लगातार तेस्रो सिजन खेल्न लागेका सन्दिप टिममा समयमा नै जोडिनेमा होबर्टले आशा गरेको छ