प्रमुख प्रतिपक्षी दल कांँग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेको छ । आज काँग्रेस पूर्वपदाधिकारीसहितको बैठकले चन्दसमूहलाई व्यक्ति हत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेको हो ।
बैठकको निर्णण सार्वजनिक गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मोरङमा बर्बर ढंगले शिक्षक हत्याको विरोध गर्दै कारवाहीको समेत माग गर्नुभएको छ ।
यस्तै, कांग्रेसले मंसिर २९ मा देशभर सरकारविरुद्धको प्रदर्शन सहभागी हुन समेत सार्वजनिक अपिल गरेको छ । कांग्रेसले यही मंसिर २९ गते देशका सबै जिल्लाहरुमा सरकारविरुद्ध प्रदर्शनको आयोजना गर्दै छ ।
केही दिन अघि गृह जिल्ला तनहुँमा बनेको एक पुल उद्घाटन गर्ने क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको दुव्र्यवहारको विरोधस्वरुप कांग्रेसले यो प्रदर्शन गर्न लागको जनाएको छ ।
साथै आजको बैठकले जिल्ला जिल्लामा हुने प्रदर्शनमा केन्द्रबाट केन्द्रीय सदस्यलाई आधिकारिक रुपमा प्रतिनिधिका हिसावले नपठाउने निर्णय पनि गरेको छ ।