हाम्रो टिम नेपाल द्वारा दुर्गम जिल्ला कालिकोटमा राहत बितरण !

बिगत बर्ष देखि विभिन्न खाले सामाजिक काममा सक्रिय युवाहरुको सस्था हो हाम्रो टिम नेपाल । सामाजिक अभियान्ता बिमल पन्त अध्यक्ष रहेको सस्थाले बाढी ,पहिरो पीडित हुन या सडकमा भोकै रहेका वेक्ती हुन सहयोगापेक्षी आम नागरिकलाई विभिन्न अभियानताहरुको सहयोग र समन्वयमा राहत प्रदान गर्दै आएको पाइन्छ ।हाम्रो टिम नेपालले लकडाउन(बन्दाबन्दी) सुरु भए पछी निरन्तर चैत 14 गते देखि निशुल्क अहिलेसम्म पनि थापाथलिमा खाना तथा खाद्यान्न वितरण गर्दै आएको छ ।

येस्तै गरि हाम्रो हिजो कालिकोट पुगेर आगलागी पिडितलाइ राहत वितरण गरेको छ करिब ३ दिनको कठिन यात्रा पछि ३ घन्टा राहत सामाग्री लाई पैदल बोकेर उक्त ठाउ पुगेर बितरण गरेको सस्थाका सचीव लक्ष्मण धामीले साचो खबरलाई जानकारि दिएका छन।

राहत सामाग्री बोकेर कालिकोट जिल्ला तिलागुफा नगरपालिका वडा न.४ ,राचुलि को दलित बस्तिमा रहेका १३ घरपरिवार लाई खाद्यान्न , सिरक डसना , लगायत अत्यावश्यक बस्तु ,३७ जना स साना बालबालिकाहरुलाई न्यानो लुगा साथ साथै महिला पुरुष गरि ४१ जनालाइ पनि ज्याकेट ट्राउजर वितरण गरेको छ ।सस्थाले बिगतमा सिन्धुपाल्चोकका पहिरो पीडितलाई आवश्यक समन्वय गरि राहत बितरण गरेको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *