पर्सामा कृषि वीमा कार्यक्रम

कृषकहरुले लगाएको बाली विभिन्न कारण बस नष्ट भएर कृषकहरु मर्कामा पर्ने गरेकोलाई मध्यजर गर्दै नेपाल सरकारले कृषि वीमा कार्यक्रम शुरु गरेको छ ।

सोही कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई पर्साले जिल्लाका किसानहरुले लगाएको कृषिलाई संरक्षण गर्नका निम्ति बीमा गर्ने उद्देश्यले प्रत्येक वडामा वीमा सहजकर्ता श्रोत व्यक्तिहरुको विकासको लागि तीनदिने तालिम शुरु गरेको छ ।

कृषि ज्ञान केन्द्र पर्साको सभाकक्षमा आयोजित तीनदिने तालिमलाई उद्घाटन गर्दै जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेकमहम्मद अन्सारीले कृषि वीमा कार्यक्रमले कृषकहरुको मनोबल बढाउन उल्लेख्य योगदान पु¥याउने बताए ।

उनले यहाँ कृषकहरुले लगाएको बाली बेला बखत प्राकृत्तिक विपद्को नष्ट हुने गरेकोले लगानी पनि संकलन हुन नसक्ने भनेर कृषकहरुले बेला बखत गुनासो गरि रहेको अवस्था अबको दिनमा अन्त्य हुने बताए ।

आफूले लगाएको बाली निर्धक्कका साथ उब्जनी गर्ने र कृषि वीमाले कृषि क्षेत्रबाट पलायन भएका कृषकहरुलाई पुनः कृषतर्फ आकर्षित गर्न मद्दत पु¥याउने बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई समितिले प्रत्येक पालिकामा कृषि वीमाका लागि श्रोत व्यक्तिलाई तालिम दिएर यही फागुनदेखि कृषि वीमा गर्ने कार्यक्रम शुरु गर्ने परियोजना कार्यान्वयन इकाई समितिका प्रमुख रोशन अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रत्येक पालिकाको कृषि र पशु शाखाका प्राविधिकहरुलाई बोलाएर तालिम दिई उक्त वीमा कार्यक्रमलाई संचालन गरिने भन्दै वीमा कार्यक्रम शुरुवात गर्दा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई समितिमा आबद्ध भई आधुनिक कृषि तर्फ लागेको कृषकहरुको वीमा गर्दै शुरुवात गरिने बताए ।

तालिम दिइएका प्रत्येक श्रोत व्यक्तिहरुले आआफ्नो पालिकाका कृषकहरुको धान, गहुँ, तरकारी, गाई, बाख्रा, माछा लगायत कृषि सम्बन्धी सम्पूर्ण बालीहरुको बीमा गर्नेछन् ।

कृषि विभाग हरिहरभवनको सहयोग र वीमा समिति कुपण्डोल तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई समितिको संयोजनमा उक्त वीमा कार्यक्रम लागु गर्न लागिएको हो । कृषि विमा गर्दा कृषकहरुले लगाएको बाली अनुसार मूल्याँकन गरि त्यसको १।२५ देखि ५ प्रतिशतसम्म प्रिमियम तिर्नुपर्नेछ, त्यसमा पनि प्रिमियम बापतको रकमको ७५ प्रतिशत नेपाल सरकारले अनुदान उपलब्ध गराउनेछ भने कृषिकहरुले २५ प्रतिशत मात्रै तिर्नुपर्ने प्रमुख अधिकारीले बताए ।

कृषकहरुले आआफ्नो बालीको वीमा गरे पश्चात कुनै किसिमको क्षति भए वीमा कम्पनीले प्रिमियको ९० प्रतिशत रकम भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।

धानबाली, तरकारी, फलफुल, आलु तथा पंक्षीको हकमा आगलागी, चट्याङ्ग, भुकम्प, बाढी, डुबान, खडेरी, पहिरो, भुस्खलन, आँधी बेहरी, असिना, हिँउ वा तुसारो, किरा तथा रोगहरुबाट हुने हानी नोक्सानी जस्ता प्राकिृत्तिक विपद्को कारण वीमा अवधिभित्र हानी नोक्सानी भएमा वीमकले वीमाङ्क रकमको ९० प्रतिशत भुक्तानी पाउनेछन् ।

तर चोरी, परिवारको सदस्यले गरेको जानी जानी नोक्सानी, नेपाल सरकारले चाहेको अवस्थामा गरेको नष्ट जस्ता कारण प्रमाणित भएमा वीमा कम्पनीले क्षतिपूर्ति नदिने बताइएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *