नेपाललाई भ्रष्ट्राचारको अग्रसूचीमा राख्ने ट्रान्सपरेन्सीको प्रतिवेदन गलत : कानून मन्त्री तुम्बाहाङ्फे

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नेपाललाई भ्रष्ट्राचारको अग्रसूचीमा राख्ने ट्रान्सपरेन्सीको प्रतिवेदन गलत भएको दावी गर्नुभएको छ ।

भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा निजामती कर्मचारीहरुको आधिकारी ट्रेड युनियनले बुधबार काठमाडौंमा आयोजना गरेको भष्टाचार र यसको नियन्त्रणमा टे«ड युनियनको भूमिका बिषय बिचार गोष्ठीमा मन्त्री तुम्वाहाम्फेले यस्तो बताउनुभएको हो ।

उहाँले प्रतिवेदन पुष्टि गर्न ट्रान्सपेरेन्सी इन्टरनेशनलाई चूनौती दिनुभयो । मन्त्री तुम्बाहाङ्फे कुनै आधारबिना नै नेपाललाई भ्रष्ट्राचारको अग्रसूचीमा राखिएको दावी पनि गर्नुभयो ।

कार्यक्रमका सहभागीहरूले भ्रष्टाचार विरुद्ध सवै लड्नुपर्ने धारणा राखेका थिए भने तारानाथ अधिकारीले भ्रष्टाचार र यसको नियन्त्रणमा सार्वजनिक क्षेत्रका टे«ड युनियनको भूमिका बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *