मुलुकमा थप १ हजार ५६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार २ सय ८६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५६ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ ।
काठमाडौं उपत्यकामा
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय ९६ जना संक्रमित फेला परेका छन् । जस्मा २ सय १४ महिला र पुरुष २ सय ८८ रहेका छन् ।योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख १५ हजार ९७ पुगेको छ । योसंगै काठमाडौंमा संक्रमितको कुल संख्या ९१ हजार ५ सय ७७ जना, ललितपुरमा १४ हजार ९२, भक्तपुरमा ८ हजार ३ सय ३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ४ सय ८३ निको भए, १४ को मृत्यु
कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ८३ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ४ सय ८३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ३० हजार ५ सय ३७ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १२ हजार २ सय ४५ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५ सय २५ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ६ हजार २ सय ८६ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १८ लाख ५ हजार ९ सय ७२ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १४ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ५१ पुगेको छ ।