‘विवेकशील साझा’ पार्टी फेरि जोडियो ,पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा

अलग भएको झण्डै दुई वर्षपछि वैकल्पिक राजनीतिक शक्ति बनाउने उद्घोषसहित ‘विवेकशील साझा’ पार्टी फेरि एकपटक जोडिएको छ ।

विसं २०७५ पुसमा असन्तुष्टि जनाउँदै साझा पार्टीबाट विवेकशील नेपाली दल अलग भएको थियो । आज एक समारोहका बीच दोस्रो पटक पार्टी एक भएको घोषणा गरिएको हो ।

एकीकृत पार्टीका नेताले हिजो जानेर/नजानेर अलग हुनु परेकोमा माफी मागेका छन् । नाम ‘विवेकशील साझा’ पार्टी राखिएको छ । अध्यक्षमा रवीन्द्र मिश्र र संयोजकमा मिलन पाण्डे रहेका छन् । कार्यकारी अधिकार दुवैलाई रहने जनाइएको छ ।

दुवै दलबाट केन्द्रीय समितिमा ६५/६५ गरी १३० र सचिवालयमा १३/१३ गरी २६ सदस्यीय रहने घोषणा कार्यक्रममा जानकारी दिइएको छ । केन्द्रीय समितिको पहिलो बैठकले सचिवालय सदस्य चयन गर्नेछ ।

पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा रहनेछ । लोगो र चुनाव चिह्न तराजु राखिएको छ । दुई महिनाभित्र सबै संरचना निर्माण गर्ने र छ महिनाभित्र एकता महाधिवेशन गर्ने समारोहमा जारी एकता घोषणापत्रमा उल्लेख छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *