कोशी कटानमा रिफ्रेसमेन्ट सेन्टरको शिलान्यास

सुनसरीको कोशी गाउँपालिका वार्ड नं. ५ श्रीपुरजबन्दीस्थित कोशी कटानमा रिफ्रेसमेन्ट सेन्टरको शिलान्यास भएको छ ।
कुल दुई अर्बको लगानीमा निर्माण सम्पन्न हुने गरी पहिलो चरणको कार्य गर्न २७ करोडको ठेक्का लागेको र सो कार्य सम्पन्न गर्ने गरी शिलान्यास गरिएको हो ।
कोशी गाउँपालिका प्रदेश १ को निकास र प्रदेश २ बाट १ मा प्रवेशद्धार भएकाले सुविधा सम्पन्न गर्ने गरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बुधबार रिफ्रेसमेन्ट सेन्टरको शिलान्यास गर्नुभएको छ ।
सुनसरीको कोशी गाउँपालिकाको श्रीपुरजब्दी कोशी कटानमा अत्याधुनिक सुविधा सम्पन्न रिफ्रेसमेन्ट सेन्टर परियोजनाको काम अघि बढाएको राईले बताउनुभयो । उहाँले रिफ्रेसमेन्ट सेन्टर शिलान्यास भएको र समयमा काम सम्मन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
शिलान्यास कार्यक्रमका प्रमुख अथिति मुख्यमन्त्री राईले रिफ्रेसमेन्ट सेन्टरको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै समयमा गुणस्तरीय रुपमा गर्ने भएकाले सबैले निगरानी गर्नुपर्ने बताउनुभयो । उहाँले देश विकास र समृद्धितर्फ उन्मुख रहेकाले त्यसमा सार्थकताका लागि प्रदेश १ को मात्रै नभई देशको नै गौरवशाली योजना मध्येको एक आयोजनाको रुपमा रिफ्रेसमेन्ट सेन्टर रहेको बताउनुभयो । प्रदेश सरकारले धेरै योजनाहरु शिलान्यास गरेको दर्जन बढी उद्घाटन समेत गरेको उहाँको भनाइ छ । मुख्यमन्त्री राईले प्रदेशको सडक, पुल, सिचाईं, भवन, खानेपानीलगायतका योजनाहरुको विस्तृत सर्वेक्षण गरी डीपीआर तयार पार्ने काम भएको स्थानहरुमा धमाधम काम भइरहेको बताउनुभयो ।
राईले प्रदेश १ सरकारले आफ्नो पहिलो कार्यकालमा संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन र आवधिक योजना निर्माणसँगै निर्माणको काम समेत धमाधम गरिरहेको जानकारी दिनुभयो ।
रिफ्रेसमेन्ट सेन्टरले पर्यटन, उद्योग सहित कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणमा समेत योगदान गर्ने राईले बताउनुभयो । देशलाई समृद्धिको बाटोमा सफलताका साथ लानका लागि विभिन्न सम्भावनालाई अध्ययन गरी सोही अनुसार समुचित र व्यवस्थित धारणा र सोचबाट अगाडि बढेको बताउनुभयो । बहुआयामिक र बहुउद्देश्यलाई सार्थकताका लागि ठूलो परियोजनाका रुपमा एक नम्बर प्रदेशको सम्पति र गहनाको रुपमा बृहत काम गर्ने क्रममा औपचारिक रुपमा काम थालेको बताउनुभयो । विगतमा संकुचित सोध र भावनाले देशको विकासको सपना देख्न नपाएकाले अब देश निर्माणमा ठूलो समस्या समाधान गर्दै बृहत सोचाईका साथ विकासका आयोजनाहरु सुरु भएको उहाँको भनाइ थियो । कोशी कटानका कारणले विस्थापित, घरबारविहिन बनेको अवस्थालाई नजिकबाट सुनेर र हेरेर आर्थिक कृयाकपाल गर्ने ,अन्तराष्टिण्य पहिचानका लागि र प्रदेशलाई आत्मनिर्भर बनाउन समेत सेन्टरले योगदान गर्ने विश्वाश व्यक्त गर्नुभयो ।
फरक प्रसंगमा उहाँले विगतमा नेतृत्व गर्नेहरु र सिंहदरबार चलाउनेहरुले जनभावना नबुझेकाले लोकतन्त्र र संघीयतासहित तीन तहको सरकार बनेको चर्चा गर्नुहुदै सरकार जनभावनाको काममा लागेको बताउनुभयो ।
वहाँले अहिले नेकपा भित्रको समान्य आन्तरिक विवादको फाईदा उठाउन केहीले कहिले पार्टी फुटोस भनेर चाहेकोमा त्यो कुनै पनि हालतमा नहुने बताउनुभयो । नेकपा पार्टीको विवादका कारणले सडकमा आएका राजाबादीहरुको चुरीफुरी, रोईकराई र हत्या आतंकमा उत्रेका पक्ष तर्फ इगिंत गर्नुहुदै दुवै पक्षहरुलाई आफ्नो बाटोमा आउन आग्रह गर्नुभयो । वहाँले मोरगंको मिक्लागुंमा भएको प्रधानाध्यापक हत्याको घटनाको भत्सणा गर्नुभयो । वहाँले हत्या हिसाँ त्यागेर मुलधारमा आउन समेत आग्रह गर्नुभयो ।
वहाँले पार्टी भित्रको समस्याहरु क्रमशः समाधान हुदै जाने र महाधिवेशनबाट पार्टी झन मजबुत हुने भएकाले कोहीकसैले आतिनुपर्ने र मातिनुपर्ने अवस्था नभएको बताउनुभयो ।
शिलान्यास कार्यक्रममा उद्योग, पर्यटन , वन तथा वतावरण मन्त्री जगदिश प्रसाद कुसियैतले रिफ्रेस्मेण्ट सेन्टरले यात्रुलाई सहजता सहित पर्यटन प्रवद्धनलाई व्यवस्थित गर्न योगदान गर्ने बताउनुभयो । वहाँले कोशी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न समेत रिफ्रेस्मेण्ट सेन्टरले योगदान गर्ने सरकारको विश्वास रहेको बताउनुभयो । विश्वमै दुलर्भ मानिएको अर्ना र चराको राजधानीको रुपमा चिनिएको कोशी टप्पुबन्य जन्तु आरक्षमा सबैभन्दा बढी पर्यटक भित्रिने आकर्षक पर्यटकीय गन्तव्यस्थल रहेकोले रिफ्रेस्मेण्ट सेन्टरले थप योगदान गर्ने दावी गर्नुभयो ।
वहाँले रिफ्रेस्मेण्ट सेन्टरमा बोटिंग समेतको व्यवस्था, सुविधा सम्पन्न सौचालय, सुरक्षा युनिट समेतको व्यवस्था रहने बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री जिवन घिमिरेले रिफ्रेस्मेण्ट सेन्टरले सामाजिक, सांस्कृति र आर्थिक क्षेत्रमा समेत योगदान गर्ने बताउनुभयो । वहाँले प्रदेश सरकारले विकासका लागि सबै हिसावले लागिपरेको बताउनुभयो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *