मोरङ हत्या घटनाप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण

मोरङको मिक्लाजुङ गाउँपालिका १, मा अवस्थित सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्या घटनाले राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बुधबार विज्ञप्ती जारी गर्नुहुँदै घटनाको खेदव्यक्त गर्नुभएको छ ।

आयोगको प्रदेश कार्यालय विराटनगरले घटनाको अनुगमन गरिरहेको जनाउँदै आयोगले भनेको छ, “घटना नेपाल कम्युनिष्ट पार्टी विप्लब चन्द नेतृत्वको पार्टीका कार्यकर्ताबाट भएको देखिन्छ, व्यक्ति हत्याजस्तो गम्भीर अपराधनका घटनाप्रति आयोग खेद प्रकट गर्दछ ।” विचारमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या हिंसा नगर्न आयोगले सो पार्टीलाई सचेत गराएको छ ।

घटनामा संलग्न दोसीलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन आयोगले नेपाल सरकारसँग माग गरेको छ । प्रधानाध्यापक श्रेष्ठको मंगलबार विप्लब चन्द्र नेतृत्वको पार्टी कार्यकर्ताले घाँटी रेटी हत्या गरेका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *