काठमाडौं मेडिकल कलेजमा बिरामीको मृत्यु भएपछि आफन्तहरुले अस्पतालका साथै एम्बुलेन्स तोडफोड गरेका छन् । बुधबार अस्पतालमा उपचाररत ५८ बर्षीया बृद्धाको मृत्यु भएपछि उनका अफन्तहरुले अस्पतालमा तोडफोड गरेका हुन् ।
मृतक बृद्धा नागार्जुङ नगरपालिका ५ का लक्ष्मी कुँवर रहेको अस्पाताल स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार कुवरको हृदयघातबाट मृत्यु भएको हो । तर उनका आफन्तहरुले अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै तोडफोड गरेका हुन् ।
उनीहरुले अस्पतालका झ्यालका सिसाहरु फुटाएका छन् । त्यस्तै अस्पताल प्राङ्गणमा रहेका एम्बुलेन्सको सिसा फुटाइदिएका छन् । आफन्तको प्रदर्शनका कारण अस्पताल क्षेत्रको अवस्था तनावग्रस्त भएको थियो । स्थिती नियन्त्रणमा लिन सशस्त्र र नेपाल प्रहरी समेत परिचालन भएका छ ।