फोर्ब्सले सार्वजनिक गर्‍यो विश्वका शक्तिशाली महिलाको सूची

मंसिर, काठमाडौं । फोर्ब्सले मंगलबार विश्वभरका सबैभन्दा शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ । फोर्ब्सले १७ औं पटक विश्वका शक्तिशाली महिलाको सूची सार्वजनिक गरेको हो । यसवर्षको शक्तिशाली महिलाहरुको सूचीमा जर्मन चान्सलर एन्जेला मर्केल शीर्ष स्थानमा छिन् । युरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिस्टिन लागार्ड दोस्रो स्थानमा छिन् । तेस्रो स्थानमा अमेरिकाको उपराष्ट्रपतिका लागि निर्वाचित भएकी कमला ह्यारिस छिन् ।

फोर्ब्सका अनुसार सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि महिलाहरुले खेलेका भूमिकालाई शक्तिशाली महिलामा छनोटको आधार बनाइएको थियो ।

कोरोना महामारी नियन्त्रणको लागि महत्वपूर्ण भूमिका खेलेका महिलाहरुमा न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डन शक्तिशाली महिलाको सूचीमा ३२ औं स्थानमा छिन् । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिया सूचीको ८५ औं स्थानमा छिन् । त्यस्तै ताइवानकी राष्ट्रपति साइ इङ–वेन ३७ औं स्थानमा छिन् । भारतीय अर्थमन्त्री निर्मला सितारमण सूचीको ४१ औं स्थानमा छिन् भने बिल एण्ड मेलिण्ड गेट्स फउण्डेशनकी संस्थापक मेलिण्डा गेट्स पाँचौं स्थानमा छिन् । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सकी सभामुख नेन्सी पेलोसी सातौं स्थानमा छिन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सूचीको ३९ औं स्थानमा छिन् । विश्वकी सबैभन्दा धनी महिला म्याकेन्जी स्कट सूचीको ६७ औं स्थानमा छिन् ।

फोर्ब्सको यस वर्षको शक्तिशाली एकसय महिलाहरुको सूचीमा विश्वका ३० मुलुकका महिलाहरु अटाएका छन् । जसमा १० महिलाहरु राष्ट्र प्रमुख छन्, ३८९ महिलाहरु विभिन्न कम्पनीहरुको सीईओ छन् र पाँचजना मनोरञ्जन क्षेत्रका महिला छन् । त्यस्तै यस वर्ष यो सूचीमा १७ नयाँ महिलाहरुको समावेश भएका छन् ।  स्रोत : फोर्ब्स

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *