विप्लव समूहले शिक्षक हत्याको जिम्मेवारी लिँदै भन्यो- प्रतिकारमा मारिए

काठमाडौं । मोरङ मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको ह,त्याको जिम्मेवारी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्र’तिबन्धित नेकपाले लिएको छ। विप्लव नेकपाको मेची कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको प्र’तिकारमा मृ,त्यु भएको दाबी गरेको छ ।

तर स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई अ’पह रण गरी मंगलबार बिहान नजिकैको बर्खे जंगलमा घाँ’टी रे’टी ह,त्या गरेको प्रहरीले जानकारी दिएको छ। ‘सुराकी’ गरेको आ’रोप लगाएको विप्लव समूहले श्रेष्ठलाई सम्झाउन जाँदा ह’ति या र लिएर आ’क्रम ण गर्न आइलागेकाले प्रतिकारमा मृ,त्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची कोसी ब्युरो बैठकमा प्रहरी बोलाएर ‘दमन गराएको’ दावी विज्ञप्तिमा उल्लेख छ। श्रेष्ठले जनताका घरमा पटक पटक प्रहरी पठाएर नेता कार्यकर्तालाई खान बस्न दिए तातो गो’ली खान्छौ भन्दै आ’तंकि त पारेको विज्ञप्ति मा भनिएको छ ।

‘उनले जन मुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेसन सञ्चालक गराएका थिए’ विज्ञप्तिमा भनिएको छ, ‘२०७७ कात्तिक १२ गते ब्युरो इञ्चार्ज बसेको ठाउँमा प्रहरी अपरेसन गराएर ब्युरो सदस्य काशी राम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएका थिए।’ लामो समयदेखि श्रेष्ठले सु’राकी गर्दै आएको र सच्चिन पटक पटक चे’तावनी दिँदा नसुध्रिएको दाबी गरिएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *